निःशुल्क उपचार नगर्ने ६८ अस्पताल विरुद्धको उजुरी लिएर मेयर बालेन पुगे स्वास्थ्य मन्त्रालय

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १३:२७
निःशुल्क उपचार नगर्ने ६८ अस्पताल विरुद्धको उजुरी लिएर मेयर बालेन पुगे स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौं महानगरपलिका प्रमुख बलेन्द्र साह ‘बालेन’ले कानून बमोजिम निःशुल्क उपचार नगर्ने माहनगरपालिकाभित्र सञ्चालित आस्पतालको सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।
प्रमुख बालेनले स्वास्थ तथा जनसंख्यामन्त्री महोनबहादुर बस्नेतलाई भेटेरे ध्यानाकर्षण गराएका हुन् । महानगरभित्र सञ्चालित सबै अस्पतालले विपन्न एवं लक्षित वर्गका नागरिकलाई कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन महानगरपालिकाले निर्देशन दिएको थियो । तर, महानगरपालिकाको निर्देशन कार्यन्वयन गर्न अस्पताल मानिरहेका छैनन् । सोही बिषय बारे ध्यानाकर्ष गराउन स्वास्थमन्त्री बस्नेत भेट्न प्रमुख बालेन मन्त्रालय पुगे । भेटका क्रममा कानून बमोजिम निःशुल्क उपचार नगराउने ६८ अस्पतालको विवरण प्रमुख बालेनले मन्त्री बस्नेतलाई बुझाएका थिए । अटेर गर्ने अस्पताललाई कारबाही गर्न समेत उनले माग गरेका छन् ।
भेटवार्ता बारे बालेनले सामाजिक सञ्जालमा भनेका छन्,‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण

  • मिसन संवाददाता
  • -