सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १४:३३
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।

बा४५प ५५४१ नंको मोटरसाइकल गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

  • मिसन संवाददाता
  • -