नोबेल अस्पतालको शौचालयमा एक युवकले गरे आत्महत्या

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १५:0१
नोबेल अस्पतालको शौचालयमा एक युवकले गरे आत्महत्या

काठमाडौं । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष आज बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । मृतक  शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा  भेटिएका हुन् ।

मृतकले आफैंले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको देखिएको छ । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो ।

अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा  पनि उनले आत्महत्या  गर्ने प्रयास गरेका थिए ।

प्रहरीका  अनुसार जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि उनलाई आफन्तको जिम्मा लगाइएको थियो ।

सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको हाे ।

  • मिसन संवाददाता
  • -