राष्ट्रपति कार्यालयमा प्रदर्शन गर्ने ८ जना पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १५:0७
राष्ट्रपति कार्यालयमा प्रदर्शन गर्ने ८ जना पक्राउ

काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बुधबार नागरिकताविधेयकको विरोधमा  शीतलनिवास अगाडि प्रदर्शन र नाराबाजी  गरेका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् ।

संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले ९ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

  • मिसन संवाददाता
  • -