भारतसँग अन्तरदेशीय विद्युतीय भुक्तानी गर्ने सम्झौता

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १५:१८
भारतसँग अन्तरदेशीय विद्युतीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै उक्त सम्झौता हुने भएको हो । सोही सम्झौताका लागि नेपाल क्लियरिङ हाउसको प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान पनि भारत भ्रमणमा छन् । तर साे भ्रमणमा राष्ट्र बैकका प्रतिनिधि छैनन् ।

सम्झौतापछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने छन् ।

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इण्डियाबीच क्रस बोर्डर विद्युतीय भुक्तानी सुरु गर्न छलफल भएर पूर्वतयार पुरा भएपछि प्रधानमन्त्रीको भारत भ्रमाणमा उक्त सम्झौता हुन लागेको हो ।

नेपाल क्लियरिङ हाउस र नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच सम्झौता हुने हो । सम्झौतापछि नेपालीले भारतमा गएर गर्नसक्ने भुक्तानीको सीमा शुल्क जस्ता व्यवस्था राष्ट्र बैंकले तोकेअनुसार हुन्छ ।

अब सरकारले नै विद्युतीय भुक्तानीको प्रवर्द्धन गर्दै दुई देशबीच मोबाइल बैंकिङ तथा मोबाइल वालेटको क्यूआर कोडमार्फत भुक्तानी गर्नेगरी नेपाल क्लियरिङ हाउस र एनपीसीआईको सिस्टम इन्ट्रिग्रेसनको लागि सम्झौता गर्ने भएको छ ।

 

  • मिसन संवाददाता
  • -