सेयर बजार उच्च अंकले गिरावट

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १५:२६
सेयर बजार उच्च अंकले गिरावट

काठमाडौँ । बुधबार सेयर बजार उच्च अंकले गिरावट भएकाे छ ।

कारोबार बन्द हुँदा परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३८.८३ अंक घटेर १८४९ अंकमा कायम भएको छ । यसअघि मंगलबार ५३ अंक घटेको थियो । बजेट घोषणापछिको दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ ।

आज कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । मंगलबार २ अर्ब ३४ करोडको भएको थियो । कुल १६ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो ।

आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत तथा माइखोला हाइड्रोको मूल्य ६ प्रतिशत बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।

एसियन हाइड्रोपावरको ९.७, युनिक लघुवित्तको ८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक (संस्थापक), शिवम् सिमेन्ट, स्टान्डर्ड चार्टड, एनआईसी एसिया बैंक र तारागाउँ रिजेन्सी  अगाडि रहेेकाे छ ।

 

  • मिसन संवाददाता
  • -