देशका अधिकांश स्थानमा तापक्रम अत्याधिक वृद्धि

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ १८, २०८० १९:0४
देशका अधिकांश स्थानमा तापक्रम अत्याधिक वृद्धि

 

काठमाडौं । नेपालमा विगत केहि दिनदेखि वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरुको तापक्रम अत्याधिक वृद्धि भएको छ।

बुधबार देशका मध्य तथा पूर्वी भागका धेरै स्थानहरुमा तापक्रम मापन गर्दा  तातो , धेरै तातो र अत्यधिक तातो दिनको सिमा/तह पार गरेको थियो ।

त्यस्तै  १० वटा भन्दा बढी केन्द्रमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन भएको थियो। बिहीबार पनि धेरै स्थानहरुमा दिउँसो १ः४५ बजे सम्म ३८ डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन भएको छ।

बढी तापक्रमका कारण  स्वास्थ्यमा समस्या हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध  गरेकाे छ । नेपालमा वैशाख देखि साउन महिना सम्म अन्य महिनाको तुलनामा बढी गर्मी हुने गर्दछ।

त्यस्तै तापक्रम वृद्धिका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने र बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।

यस्ता समस्या देखा परेमा बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा बस्न सकिन्छ ।  पटक पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) पिउन, चोसो पानीले नुहाउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह सुझाव लिएर तापक्रमका कारण  स्वास्थ्यमा समस्या हुन नदिन सकिने स्वास्थ विज्ञहरूले जानकारी दिएका  छन् ।

 

  • मिसन संवाददाता
  • -