काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् । बिहान साढे ११ बजेबाट बैठक सुरु हुनेछ ।
बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी रहेकाे छ ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो ।