भारतमा रेल दुर्घटना हुदाँ २ सयभन्दा बढीको मृत्यु

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ २०, २०८० 0७:४१
भारतमा रेल दुर्घटना हुदाँ २ सयभन्दा बढीको मृत्यु

काठमाडौं । भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा रेल दुर्घटना हुदा  २ सयभन्दा बढीको मृत्यु भएको छ ।

चेन्नईबाट हावडातर्फ गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किँदा भयानक दुर्घटना भएको भारतीय मिडियाहरूले जानकारी दिएका छन् ।

दुर्घटनामा २०९ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

दुर्घटनापछि भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

  • मिसन संवाददाता
  • -