पहाडी भू-भागमा हल्का वर्षा, देशभरको तापक्रम बढ्ने

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ २१, २०८० 0७:४४
पहाडी  भू-भागमा हल्का वर्षा, देशभरको तापक्रम बढ्ने

काठमाडौँ । देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • मिसन संवाददाता
  • -