बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ २१, २०८० 0७:५0
बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा शनिबार सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हाे ।

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका-८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको हाे ।

दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हाे । ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ ।

  • मिसन संवाददाता
  • -