विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउनू पुन निर्देशन

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ २१, २०८० १६:४0
विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउनू पुन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शय्या छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेबारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट पुष्टि गर्न स्थानीय तहलाई  पत्राचार गरेका छन् ।

  • मिसन संवाददाता
  • -