भैँसी ल्याउने सहमति सात वर्षअघि नै भएको प्रचण्डको प्रष्टीकरण

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ २२, २०८० १५:१९
भैँसी ल्याउने सहमति सात वर्षअघि नै भएको प्रचण्डको प्रष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैँसी ल्याउने सहमति सातवर्ष अघिकै भएको स्पष्टीकरण दिएका छन् ।

संसदमा बोल्दै प्रचण्डले अहिले सात वर्षपछि बल्ल भैँसी आएको हाे । यो भैंसीको कुरा अहिले सहमति भएको होइन ।

आजभन्दा सात वर्ष अघि नै मुर्रा भैँसी ल्याउनेबारे समझदारी भएको रहेछ’ प्रचण्डले स्पष्ट पार्दै भनेका हुन् ।

मान्छेहरु मलाई भैंसी चढाएर हिँडेका छन् । यो पटकको भारत भ्रमण विगतको भन्दा फरक र उपलब्धिमुलक भएको प्रचण्डले बताएका छन्  ।

  • मिसन संवाददाता
  • -