कक्षा १० काे अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ २२, २०८० १६:0९
कक्षा १० काे अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएकाे छ ।

बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने छ । वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म  दोहोरिँदैन ।

बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो  ।

स्तरीकृत परीक्षा प्रणालीमा देशभर प्रश्नपत्र एउटै स्तरको हुन्छ र एक पटक सोधिएको प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिँदैन । अर्को सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने शर्माले बताए ।

बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका २५० जना शिक्षकहरुलाई देशभरका प्रश्नपत्रको स्तर एउटै बनाउनको लागि प्रशिक्षण दिइसकेको र कक्षा ८ र १२ मा आगामी वर्ष लागू हुनेछ ।

 

  • मिसन संवाददाता
  • -