बालेनकाे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ २५, २०८० १८:४१
बालेनकाे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

उनी भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका हुन् ।

भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग बगिरहँदा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

भारतको  साे नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ । पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ ।

भारतले नेपालको भू-भागसमेत समेटरे नक्सा राखेपछि कि त भारतले माफी माग्दै नक्सा हटाउनुपर्ने कि नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

  • मिसन संवाददाता
  • -