चीन–काठमाडौँ दैनिक उडान सुरु

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:२६
चीन–काठमाडौँ दैनिक उडान सुरु

काठमाडौं ।  चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ ।

चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गर्ने भएकाे हाे  । सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ ।

काेराेना महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।  चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो ।

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल जाने पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ ।  हवाई टिकट  पनि सस्तो भएको छ ।

त्यसैबीच, नेपाल चीनको संयुक्त लगानीमा रहेको हिमालय एअरले जुन महिनाको २४ तारिकदेखि सातामा एक दिन काठमाडौँदेखि चीनको राजधानी बेइजिङ्गसम्म सीधा उडान तालिका राखेको छ ।

हालका लागि सातामा एक उडान र यात्रुको चाप वृद्धि भएपछि उडान थप गर्दै जाने हिमालय एअरले जनाएको छ । एअरका चिनियाँ प्रतिनिधि लुसीका अनुसार हिमालय एअरले हालका लागि साताको प्रत्येक शनिवार काठमाडौँदेखि बेइजिङग काठमाडौँ सम्मको उडान गर्न लागेको हो ।

  • मिसन संवाददाता
  • -