न्यायाधीशका लागि जागिर खुल्यो

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:३२
न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौँ । जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ ।

आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो।

विज्ञापन प्रकाशन भएको दिन देखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ ।

  • मिसन संवाददाता
  • -