बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:२९
बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित

काठमाडौं । बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार भएकाे  प्रदेश फुटबल संघको प्रथम अधिवेशनले  श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा दिपक लाल चित्रकार, बाबुराजा श्रेष्ठ, राजिब मान सिंह बस्नेत चयन भएका छन् भने महिला सदस्य सुनौना श्रेष्ठ चयन भएकी छिन् ।

सदस्यमा प्रभात कुमार श्रेष्ठ, अबोध भूषण खोजु श्रेष्ठ, दिपक थापा मगर, रामकुमार कोइराला, कपिल पाखिन, अनिल हेक्का, सुमन खड्का, अनिल श्रेष्ठ, निश्चल बस्नेत, बिशाल श्रेष्ठ कोजु चयन भएका छन् ।

अध्यक्ष श्रेष्ठले  फुटबलको गुमेको साख फर्काउन प्रतिवद्धता व्यक्त गरेेका छन् ।

  • मिसन संवाददाता
  • -