न्यून चापीय प्रणालीको आंशिक प्रभाव : चट्याङ्गसहित वर्षाको सम्भावना

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ ३०, २०८० 0७:१६
न्यून चापीय प्रणालीको आंशिक प्रभाव : चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव आज देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुनेछ । कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ ३०, २०८० 0७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट