काठमाडौं । सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् ।
जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको र उक्त शवकाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो ।
बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ ।
काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । ‘उनीहरुले आफूहरूलाई पनि बगाउन लागेको थियो । साथीहरूलाई के भयो थाहा भएन भनेका छन्, हामी खोजी गरिरहेका छौँ,’
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।