नेपाललाई असफल बनाउँन केही मुठिभरका नेता लागेको : प्रभु साह

  • मिसन संवाददाता
  • शुक्रबार, असार २२, २०८० २0:५२
नेपाललाई असफल बनाउँन केही मुठिभरका नेता लागेको : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले नेपाललाई असफल बनाउँन केही मुठिभरका नेता लागेको अरोप लगाएका छन् ।

आजपाको काठमाडौं उपत्याका स्तरीय भेलालाई शुक्रबार बालकुमारीमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपालमा लोकतन्त्र नभई केही मुठिभर नेताको दलतन्त्र रहेको उनले बताए ।

‘नेपालमा आम जनताको शसन छैन् । केही मुठिभर नेताहरुको दलतन्त्र छ । जसले नेपाललाई असफल बनाउँन लागेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘आम जनताले त्यसलाई तोडन आवश्यक छ । जनताको शासन स्थापित गर्न हामी सबै एकजुट हुनुको बिकल्प छैन् ।’

मुलुकको दक्ष एवं युवाहरु दिनहुँ विदेश गईरहेको तर उनीहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार असफल रहेको उनले बताए । ‘दक्ष एवं युवाहरु दिनहुँ विदेश गईरहेका छन् । यहाँ स्वास्थ्य परिक्षण गरेर जाँदा समेत दिनहुँ विदेशबाट लाश किन नेपाल आईरहेको छ ? सरकार गम्भिर छैन्, नेपालमै रोजगारको व्यवस्था गर्न असफल छ’ उनले भने ।

जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलनका उपलब्धिलाई भजाएर खाने र नेपालमा भ्रष्टाचार गरेर केही नेताले अकुत सम्पति विदेश लगेको आरोप उनले लगाए । मुलुकलाई कंगाल बनाउँनमा मुठिभरका केही नेता रहेको उनले बताए ।

‘नेपालको सम्पती विदेशमा थुपार्ने काम भएको छ । ति नेताहरुले नेपाललाई असफल बनाउँन लागेका छन् । बिभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई जोगाउँन सकेनन’ साहले भने, ‘जसरी मिठो तरकारीमा अलिकति गोबर मिलाएर बिगार्ने काम हुन्छ त्यसैगरी आन्दोलनका उपलब्धिमा गोबर मिलाउँने काम मुठिभरका नेताले गरेका छन् ।’

कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्व मन्त्री बद्री न्यौपानेले मुलुकमा बेरोजगारी समस्या बढदै गईरहेको भए पनि सरकार समाधान गर्न र रोजगार सृजना गर्न असफल भएको बताए । मुलुकमै रोजगारीको सृजना गरी युवाहरुलाई विदेश जानबाट रोक्नुपर्ने उनले बताए ।
आजपाका अर्का उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले मुलुकको अर्थतन्त्र विग्रदै गईरहेको बताए । आर्थिक अवस्था सुधार गर्नका लागि सरकारले कुनै पहल नगरेको समेत आरोप उनले लगाए ।

कार्यक्रममा पार्टीका उपमाहासचिव अरुण घिसिङ सहित स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यहरुका साथै काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला नेताहरुको विशेष सहभागिता रहेको थियो ।

उपत्यका कमिटी गठन
यसैबीच सो भेलाबाट आजपाको काठमाडौं उपत्यका कमिटी गठन भएको छ । निरज गौतमको अध्यक्षतामा ५१ सदस्यीय उपत्यका कमिटी गठन भएको आजपाका प्रवक्ता चन्द्रभुषण साहले बताए ।

कमिटीको उपाध्यक्षत्रयमा किशोरी साह, अर्जुन दाहाल र सर्मिला शाही रहेका छन् । सचिवमा रोशनी लामा, सहसचिवमा चिनीलाल दास, सोनी तामाङ र विरवल यादव रहेका छन् । यसैगरी कोषाध्यक्षमा योगेन्द्र खडगी सदस्यहरुमा पावल गौतम, कमला गौतम, रोशनी लामा, विगेस तामाङ, सुरेश शाही, असली माया तामाङ, अशोक लामा रहेका छन् ।

यसैगरी सदस्यमा न्हुच्छेलाल खडकी, राधिका खडकी, राकेश खडकी, उमा लामा, रोशनी दर्नाल, सिर्जना कार्की, ईन्दल साह, मुखलाल साह, दिनकर साह, लक्ष्मी साह, रमेश साह, राजेश शर्मा, देवकुमारी साह, चन्दा साह, मधुमाया ठाकुर, मानती देवी यादव, गजेन्द्र जैसवाल, जयलाल बैठा लगायतका रहेका छन् ।

आईटी आर्मीको प्रदर्शन
यसैबीच शुक्रबार कार्यक्रम सुरु हुनुभन्दा अघि आजपा निकटको आईटी आर्मीले प्रदर्शन गरेको छ । काठमाडौंको कोटेश्वरबाट सुरु भएको प्रदर्शन कार्यक्रम स्थल बालकुमारी पुगेको थियो ।

वैदेशिक रोजगारमा भइरहेको ठगी रोकन तथा ठग मैनपावर र एजेंटलाई कारवाही गर्न भएको प्रदर्शनमा सयौंको सहभागिता रहेको थियो । आईटी आर्मीको अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा भएको विरोध र्यालीमा कामदार लुटन पाइदैन, भ्रष्ट मैनपावर चाहिँदैन ! फ्रि भिसा – फ्रि टिकट लागु गर ! भ्रष्ट मैनपावर कम्पनीलाई खारेज गर जस्ता नाराहरु लगाएका थिए ।

  • मिसन संवाददाता
  • -