तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्दै माओवादी

  • मिसन संवाददाता
  • शुक्रबार, भदौ १५, २०८० १२:११
तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्दै माओवादी
  • काठमाडौ। नेकपा माओवादी केन्द्रको तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्न लागेको हाे  ।

पार्टी केन्द्रीय सदस्य एव बागमति प्रदेश पुर्व मन्त्री विशाल खड्का कमाण्डर भएर आएपछि बुढानिलकण्ठको माओवादी सक्रिय भएको हो ।
भदौ १६ गतेदेखि जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान उदघाटन हुने भएपछि कमाण्डर खड्काले पार्टी बलियो भन्दा जनतालाई बलियो सशक्त बनाउनुपर्ने बताए ।
उनले नगरपालिकाको समुदायलाई बलियो बनाउदै नगरको पहिचान उच्च बनाउने अभियानमा सक्रिय बन्न आग्रह गरेका थिए ।

स्थानीय र संघीय क्षेत्रमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताको माग र नगरको आवस्यकता अनुसार काम नगरेको भन्दै खडकाले तिन महिने अभियानमा संगठन संगै जनताको आवस्यकता अनुसारका कार्यक्रम तथा योजनाहरु निर्माण गर्न नगर तथा वडा कमिटीहरुलाई निर्देशन समेत दिएका थिए ।

यस्तै खड्काले पशुपति र बुढानिलकण्ठ मन्दिर एतिहासिक पुरातत्तिक संम्पदा भएपनि पशुपति संसारले चिने पनि बुढानिलकण्ठ मन्दिर गुमनाम भएको उल्लेख गरे ।
जनता संग  माओवादी अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको शुक्रबार आयोजना भएको पत्रकार भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा -१० मा रहेको मिलन चोक पार्टी भेन्युमा भएको कार्यक्रममा तीन महिने अभियानका कार्यक्रम र योजनाहरुका वारेमा जानकारी प्रदान गरिएको थियो ।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष भाइ नारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा अभियानका इन्चार्ज विशाल खड्का रहेका थिए ।

सो कार्यक्रममा  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु सुशीला पौडेल , कसम गुरुङ, करुणा ढुङेल , बागमती प्रदेश कमिटी सदस्य राम प्रसाद खनाल  बसन्त ,टि आर नेपाल ,अमर बिक , जमुना बुढाथोकी र डम्बर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा भाद्र १६ गते ८ बजे अभियानको शुरूवात हुने जानकारी दिएका थिए ।

  • मिसन संवाददाता
  • -