काठमाडौं । साथीको हत्या अभियाेगमा दाेलखाकाे एक पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका वडा नं ८ घर भएका २६ वर्षीय सुजन उप्रेती रहेका छन् । प्रहरी कार्यालय लैनचौरको सहयोगमा भदौ १३ गते काठमाडौं ढल्कुबाट उनलाई पक्राउ गरिएको हाे ।
काभ्रेपलाञ्चोककाे बेथानचोक गा.पा. २ ढोलखोला स्थित दाेलखा जिल्ला मेलुङ गा.पा. १ घर भई हाल पेप्सिकोला बस्ने २८ वर्षको निर्मल बुढाथोकीको हत्या गत भदौ १२ गते भएकाे थियाे । उनकाे हत्या गरी नालिमा फालेको घटनामा संलग्न रहेकाे शंकामा उप्रेतीलाई पक्राउ गरिएको हाे ।
साथै प्रारम्भिक सोधपुछ पश्चात निजहरु लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएको र बेथानचोक स्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको बताएका छन् ।
तत्काल प्रहरी टाेलिले खानतलासी गर्दा निजको घर, कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्ट सहित प्रतिवन्धित लागूऔषध गाजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेकाे छ । निज घरधनी तिर्थराज तिमल्सिनालाई समेत उक्त पदार्थ सहित नियन्त्रणमा लिइएकाे हाे ।
ईलाका प्रहरी कार्यालय बनेपामा ज्यान सम्बन्धी कसुर मुद्धामा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकको अनुमतीले उप्रेतीलाई ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
ईलाका प्रहरी कार्यालय बनेपामा लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकको अनुमतीले उप्रेती र तिमल्सिनालाई ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।