बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन

  • मिसन संवाददाता
  • आइतवार, भदौ १७, २०८० 0७:४८
बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन

काठमाडौ । काठमाडौं जिल्ला समन्वय समितिले यहि भदौ १६ गते बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम आयाेजना गरेकाे थियो  ।

साे कार्यक्रममा नदिलाई सफा र स्वच्छ राखाै ऐतिहासिक बागमती सभ्यताको संरक्षण गराै भन्ने मुल नाराका आधरमा कार्यक्रम समापन भएकाे छ ।

जिल्ला समन्वय समिति काठमाडौं, काठमाडौ महानगरपालिका, कागेश्वरी मनाेहरा नगरपालिका, किर्तिपुर नगरपालिका, गाेकर्णश्वर नगरपालिका, चन्द्रगिरी नगरपालिका, टाेखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र शंखरापुर नगरपालिकाकाे पहलमा र्‍याफि्टङ कार्यक्रम गरिएकाे हाे ।

उक्त कार्यक्रम मार्फत  नदि सफा र स्वच्छ राख्न पर्ने सन्देश दिइएको  छ । गत शनिबार नदिमा राष्ट्रिय ध्वजाबाहक सुर्य झण्डा राखेर र्‍याफि्टङ गरिएको थियाे।

हेर्नुस् तस्वीर

 

 

  • मिसन संवाददाता
  • -