अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान लिइयो

  • मिसन संवाददाता
  • मङ्लबार, भदौ १९, २०८० १९:२७
अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान लिइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसँग बयान लिएको छ।

सिनामंगलबाट बरामद ६० किलो सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क देखिएको भन्दै महानिर्देशक अधिकारीसँग बयान लिएको हो ।

उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई सीआईबीले केही दिनयता बोलाएर सोधपुछ गरिरहेकाे छ ।

सीआईबीले सुन तस्करी प्रकरणमा १०० जनाको कागज गरिरहेको छ । यसक्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि अनुसन्धानको दायरामा सोधपुछ गरेको छ । साे प्रकरणमा जोडिएका २७ जना हाल प्रहरी नियन्त्रणमा छन् ।

  • मिसन संवाददाता
  • -