माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं प्रधानमन्त्री दाहाल

  • मिसन संवाददाता
  • आइतवार, भदौ २४, २०८० 0९:१४
माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनु भएको छ ।

शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनु भएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (ycl )नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँका अनुसार “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु ।  ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।”

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने  रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्त गर्नु भयो ।

अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनु भयो । सरकारले  सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर  नयाँ परिवर्तन सुरूवात गरिएको उहाँले बताउनु भयो ।

भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको बताउनु उहाँले बताउनु भयो ।

  • मिसन संवाददाता
  • आइतवार, भदौ २४, २०८० 0९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट