तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि

  • मिसन संवाददाता
  • बुधबार, भदौ २७, २०८० १६:0५
तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि

काठमाडौं । साताको चौथो कारोबार  दिन सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ ।

७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार निरन्तर घट्दै आएको थियो । त्यसयता  बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।

आज सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रहेकाे छ ।

बुधबार २७५ धितापत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, भदौ २७, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट