इजरायल आक्रमणमा पर्दा १०नेपालीको मृत्यु

  • मिसन संवाददाता
  • आइतवार, अशोज २१, २०८० २१:0८
इजरायल आक्रमणमा पर्दा १०नेपालीको मृत्यु

काठमाडौं । इजरायल आक्रमणमा पर्दा १० जना नेपालीको मृत्यु भएको  भएको छ भने तीन जना घाइते भएका छन् ।

हिजो शनिबार  प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरूकाे दुबै खट्टामा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेका छन् ।

उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएका छन् ।इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ भने सयौं मानिस घाइते भएका छन् ।

 

  • मिसन संवाददाता
  • -