दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

  • मिसन संवाददाता
  • सोमवार, अशोज २२, २०८० २१:१७
दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । काठमाडौंकेा कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ  ।

होटल एल्लो प्यागोडाभित्र   प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरेका छन् ।

सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की  दिँदै आएका थिए ।

 

  • मिसन संवाददाता
  • -