Ncell प्रकरणको शेयर खरीदको विषयमा प्रधानमन्त्री प्रचण्डदा्रा गम्भीर ध्यानाकर्षण

  • मिसन संवाददाता
  • सोमवार, मंसिर १८, २०८० १८:५७
Ncell प्रकरणको शेयर खरीदको विषयमा प्रधानमन्त्री प्रचण्डदा्रा गम्भीर ध्यानाकर्षण

काठमाडौं Ncell-शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति सम्माननीय प्रधानमन्‍त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ।

  • मिसन संवाददाता
  • -