प्रधानमन्त्री भने एक वर्ष यही सरकारले निरन्तरता पाउँछ, के के गर्छु हेर्दै जानुहोला

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २१, २०८० २0:२३
प्रधानमन्त्री भने एक वर्ष यही सरकारले निरन्तरता पाउँछ, के के गर्छु हेर्दै जानुहोला

काठमाडौँ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताए ।

बिहीबार तारकेश्वर नगरपालिकास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रममा उनले एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर गरे ।

‘आगामी एक वर्षपनि यही सरकारले निरन्तरता पाउँछ’, प्रचण्डको भनाइ उदृत गर्दै प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘आगामी आर्थिक वर्ष सरकार र विकासको मोडालिटीमा सरकारले ध्यान केन्द्रित गर्छ । अब म के के गर्छु हेर्दै जानुहोला ।
यस्तै प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखेर हौसिएका प्रचण्डले यही रफ्तारमा विचार र कार्यशैलीको हिसाबले लिड गर्न सके २०८४ अघि  नगरपालिका पार्टीको कब्जामा आउने दाबी गरे ।

‘पहिलो पटक उपस्थित भएको यस कार्यक्रममा कार्यकर्ताहरूको उपस्थिति, उत्साह र आत्मविश्वास देख्दा म निकै खुशी भएको छु । आगामी दिनमा अभियानलाई निरन्तरता दिन सक्यौं, विचार र कार्यशैलीको हिसाबले लिड गर्न सक्यौं भने २०८४ नपुग्दै यो तारकेश्वर नगरपालिका पार्टीको नियन्त्रणमा लिने विश्वास व्यक्त गर्छु’, उनले भने ।

करिब डेढ घण्टा प्रशिक्षण दिएका उनले सरकारले गरेको काम, अभियानको उद्देश्य, पार्टीको आगामी योजना र कार्यक्रमबारे धारणा राखेका थिए ।

  • मिसन संवाददाता
  • -