लुकाएर ल्यायको अबैध सुन सहित तीन जना पक्राउ।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २२, २०८० १६:२0
लुकाएर ल्यायको अबैध सुन सहित तीन जना पक्राउ।

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् ।
उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले उनीहरु सवार ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।

  • मिसन संवाददाता
  • -