समाजवादीको दोलखा अधिवेशन ३० गते : अध्यक्ष र सचिवमा को-को आकांक्षी ?

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० ११:४४
समाजवादीको दोलखा अधिवेशन ३० गते : अध्यक्ष र सचिवमा को-को आकांक्षी ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दोलखाको १० औँ जिल्ला अधिवेशन यहि मङ्सिर ३० गते चरिकोटमा हुने भएको छ । पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशन उद्घाटन गर्ने तयारी छ ।

अराजकता, अस्थिरता र आर्थिक मन्दीका विरुद्ध हाम्रो अभियान, समृद्ध दोलखा निर्माणको निमित्त १० औँ जिल्ला अधिवेशन भन्ने मूल नाराका साथ् अधिवेशन संचालन हुने समाजवादी दोलखाका एक नेताले हाम्रो मिसनलाई बताए ।

अधिवेशनमा जिल्लाका ४०० प्रतिनिधिको सहभागिता रहने उनले बताए । हाल समाजवादीको दोलखामा एक गाउँपालिका अध्यक्षसहित १७ जनप्रतिनिधि छन् । दोलखाका समाजवादी अध्यक्ष भिमप्रसाद दाहाल दोहोरिने मुडमा रहेको बताईन्छ भने हालका उपाध्यक्षद्वय घनश्याम रिजाल र प्रोणप्रताप केसीले समेत दाबी गर्न सक्ने स्रोतले बतायो । सचिवमा भने संगीता पाख्रिन, अशोक दाहाल, मोहन थापा लगायत आकांक्षी छन् ।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट