३८१ अधिकृत पदमा जागिर खुल्यो (सुचनासहित)

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १३:१९
३८१ अधिकृत पदमा जागिर खुल्यो (सुचनासहित)

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो ।

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ ।

आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।

१७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ । २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट