एउटै घरबाट ५ जनाको कंकाल बरामद

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १0:१८
एउटै घरबाट ५ जनाको कंकाल बरामद

भारतस्थित कर्नाटकको चित्रदुर्ग जिल्लाको उपनगरीय क्षेत्रमा एक सेवानिवृत्त कार्यकारी इन्जिनियरको घरमा पाँचवटा मानव कंकाल फेला परेपछि सनसनी मच्चिएको छ।

घटना सार्वजनिक भएपछि अलग्गै लगभग एकान्तमा घर बनाएर बसेको यो परिवारको निकै चर्चा भइरहेको छ।

उक्त परिवारका प्रमुख जगन्नाथ रेड्डी (८५ वर्ष), उनका श्रीमती प्रेमा (८० वर्ष), छोरी त्रिवेणी (६२ वर्ष) र दुई छोरा कृष्ण (६० वर्ष) र नरेन्द्र (५७ वर्ष) आफन्तहरूबाट अलग्गै/टाढा बसेको पाइएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ।

उनीहरू मानिसहरूबाट यति टाढा बसेका थिए कि २०१९ जुन–जुलाईदेखि उनीहरूको घर बन्द थियो। त्यसैले कसैले वास्तै गरेनन्।

  • मिसन संवाददाता
  • -