बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १२:३३
बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते

दाङ- दाङमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् । बर्दियाबाट चखौरा अवलोकन भ्रमणमा जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइतेहरु खतरामुक्त रहेको र उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउँदै गरेका थिए । बसमा ४०/४५ जना सवार रहेको र केही घाइतेहरुलाइ उपचारको लागि बाँके लगिएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट