कोशीमा ‘चिप्लिए’ शेखरका मुख्यमन्त्री !

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १३:१८
कोशीमा ‘चिप्लिए’ शेखरका मुख्यमन्त्री !

कांग्रेसबाट विद्रोह गरेर शेखर कोइरालाको आडमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले तमु ल्होसारको शुभकामना दिन जारी गरेको वक्तव्यमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगरेको भन्दै आलोचना सुरु भएको छ ।

मुख्यमन्त्री कार्कीले आइतबार जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरूमा कोशी शब्द कतै पनि उल्लेख छैन ।

उक्त विषयमा मुख्यतः एमाले निकट नेता, कार्यकर्ताहरूले व्यापक आलोचना गरिरहेका छन् । कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरूले भने कार्कीको प्रशंसा गरेका छन् । कतिपयले भने मुख्यमन्त्री कार्की चिप्लिएको बताएका छन् ।

पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशको दाहिने पट्टि भने कोशी प्रदेश, विराटनगर नेपाल उल्लेख गरिएको छ । उक्त वक्तव्य एक घण्टापछि सच्याएर जारी गरिएको हो ।

एमाले सांसद सुनिता बरालले लेखेकी छन्, ‘मुख्यमन्त्रिज्यु यो तुरुन्तै सच्याउनुस र माफि माग्नुस ! ! ! नाम परिवर्तन गर्ने नियत भए , प्रक्रिया पढनुस अन्यथा पदका लागि यति निर्लज्जता शोभनिय हुदैन ! ! !’

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट