डिएसपी लम्साल : लकडाउनमा डाक्टर कुट्ने, निर्दोष युवालाई गोलि हान्न आदेश दिने !

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १४:३९
डिएसपी लम्साल : लकडाउनमा डाक्टर कुट्ने, निर्दोष युवालाई गोलि हान्न आदेश दिने !

बालकुमारीमा प्रदर्शनकारीमाथि गोली प्रहारको घटनामा जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी उमेश लम्साल निलम्बनमा परेका छन् । सरकारले उक्त घटनामा प्रहरीको कमाण्ड गरिरहेका डीएसपी लम्सालका साथै मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

डीएसपी लम्सालले अवस्था नियन्त्रणमै रहँदा गोली चलाउन आदेश दिएका थिए । दुईजना युवाको ज्यान जानेगरी शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा प्रहरीतर्फको कमाण्ड डीएसपी उमेश लम्सालले गरेका थिए ।

उनकै कमाण्डमा रहेको १२५ जनाको प्रहरीको धरपकडमा परी दैलेख र अछामका दुई युवाले ज्यान गुमाउनु परेको छ । डीएसपी लम्साल यसअघि महाराजगञ्जमा रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए ।

अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरुप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए । डीएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए । लम्साल निकै विवादित डीएसपी हुन् ।

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट