मन्त्रिपरिषद् बैठकमा अब चिया र बिस्कुट मात्र खाजा

  • मिसन संवाददाता
  • सोमवार, पुस १६, २०८० ११:२0
मन्त्रिपरिषद् बैठकमा अब चिया र बिस्कुट मात्र खाजा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेका छन्।

सोमबारदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा बाँडिने खाजा कटौती गरिएको हो। हरेक पटक मन्त्रीपरिषद बैठक बसेको बेला महँगो खाजा बाँड्ने गरिएको थियो।

अब लामो बैठक बस्नु परे चिया बिस्कुट मात्र दिने प्रधानमन्त्रीको निर्देशन छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरिएको थियो।

  • मिसन संवाददाता
  • -