साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

  • मिसन संवाददाता
  • सोमवार, पुस १६, २०८० १३:0२
साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो ।

यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो ।

भारत र बङ्गलादेशमा समेत यसअघि साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध भएपछि साउदी पछि हटेको थियो ।

  • मिसन संवाददाता
  • -