मधेश प्रदेशमा शीतलहर र हुस्सुः वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १७, २०८० ११:११
मधेश प्रदेशमा शीतलहर र हुस्सुः वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित

धनुषा- केही दिनदेखि धनुषासहित मधेश प्रदेशमा चिसो हावासँगै बढेको कठ्यांग्रिदो चिसो र विहानैदेखि दिनभरि लागिरहेको शीतलहर र हुस्सुका कारण सर्वसाधारणहरु प्रभावित भएका छन् ।

विहानैदेखि परेको हुस्सुका कारण स्कुले बालबालिका अझ बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेर शितलहर चलेपछि बालबालिका, वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोबाट बच्न स्थानीय निकायले आगो ताप्ने र न्यानो लुगााको प्रबन्ध नहुँदा थप कष्ट भोग्न बाध्य भएको स्थानीय बताउछन् । दैनिक ज्याला मजदुरी गरी खाने विपन्नहरु चिसोको कारण काम गर्न केका छैनन् ।

चिसो बढेपछि तराईका बजार क्षेत्रमा पनि मानिसको चहल पहल घटेको छ। यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान सुझाव दिएका छन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १७, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट