सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा क-कसको दाबी ?

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १७, २०८० ११:३२
सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा क-कसको दाबी ?

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको छ। मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीश बनाएपछि उक्त पद रिक्त भएको हो।

सम्भवत आज आयोगको बैठक बस्ने र न्याय सेवाको उच्चतम पद मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा सिफारिस गर्ने तयारी देखिन्छ।

न्याय परिषद्सँगै न्याय सेवा आयोग पनि छ। आयोगको अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ हुन् भने सदस्यमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, महान्यायाधिवक्ता दिनमणि पोखरेल, कानुनमन्त्री धनराज गुरुङ, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी छन्। उनीहरुले सर्वसम्वत रुपमा २ पदमा सिफारिस गर्ने छन्।

वरिष्ठताको आधारमा हेर्दा मुख्य रजिष्ट्रारको जिम्मेवारी हाल न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाल मुख्य दाबेदार हुन् उनीसँगै सर्वोच्च अदालतकै अर्का रजिष्ट्रार नारायणप्रसाद पन्थीको पनि दाबेदारी देखिन्छ।

सर्वोच्चमा दुई रजिष्ट्रारको दरवन्दी भएका कारण एक पद रिक्त रहेको छ। निर्मला पौडेल न्यायाधीश नियुक्त भएपछि उनको स्थानमा रजिष्ट्रारका लागि तीन प्रतिस्पर्धी देखिएका छन्।

अन्य सेवाका योग्यले पनि पाउनुपर्ने दाबी यो पदमा पनि सुरु भएको छ। रजिष्ट्रारमा सर्वोच्चवाट न्याय समूहका विमल पौडेल र नेत्रप्रकाश आचार्यको दाबी देखिन्छ। उनीहरू हाल सहरजिष्ट्रार (सहसचिवस्तर)मा कार्यरत छन्।

  • मिसन संवाददाता
  • -