डेडिकेटेड ट्रंक लाइन विवाद: बक्यौता तिरेसँगै हिमाल आइरनमा जोडियो बिजुली

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १७, २०८० ११:४९
डेडिकेटेड ट्रंक लाइन विवाद: बक्यौता तिरेसँगै हिमाल आइरनमा जोडियो बिजुली

नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन्। बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुन: जोडिन थालिएको छ।

बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिल तिरेको छ। बिल तिरेपछि उक्त उद्योगको लाइन समेत जोडिएको छ।

हिमालले स्टिलले बक्यौता रकमको पहिलो किस्ताबापत सोमबार २७ लाख १० हजार रुपैयाँ बुझाएको छ। हिमाल स्टिलको ८ करोड १२ लाख रुपैयाँ बक्यौता छ।

उद्योगले पहिलो किस्ता बापतको रकम सोमबार बुझाएको हो। बक्यौता बुझाएपछि विद्युत् लाइन जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ। हिमाल स्टिलले २६ किस्तामा रकम तिर्न सकिने जानकारी प्राधिकरणलाई दिएको छ।

  • मिसन संवाददाता
  • -