२ युवाको ज्यान गएको घटनामा आईजीपी : न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १७, २०८० १३:४९
२ युवाको ज्यान गएको घटनामा आईजीपी  :  न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त

२ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार जवाफ दिएका छन्।

समितिमा जवाफ दिँदै आईजी अर्यालले न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त रहेको बताए। ‘न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त हो। र, फिल्डमा त्यहीअनुसार प्रयोग गरिएको छ,’ आईजी अर्यालले भने, ‘तर अब न्यूनतम बल प्रयोग भनेको कति भन्ने कुरा चाहिँ त्यहाँको अवस्थाअनुसार भर पर्छ। छानबिन समिति गठन भएकाले अब त्यो कुरा आउला।’

आईजी अर्यालले बालकुमारी घटनालाई विभिन्न पाटोबाट हेर्नुपर्ने बताए। ‘युवाहरुको एउटा पक्ष छ। ईपीएस अर्को पक्ष छ। भीआईपी, भीभीआईपीको कुराको छ। न्यायालयको डिसिजनको पक्ष र सुरक्षाको पक्षलाई छुट्टाछुट्टै हेरिए बुझ्न सहज हुन्छ,’ आईजी अर्यालले भने।

‘साधान स्रोत नभएका कुराहरु पनि आइसकेका छन्। कतिपय अवस्थामा साधन स्रोत भए पनि समन्वय भएन भने क्षति हुन्छ। क्षति न्यूनीकरण गर्ने प्रयास भएकै देखिन्छ,’ अर्यालले भने।

  • मिसन संवाददाता
  • -