पाेखरामा रवि लामिछानेलाई मकैकाे खाेया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।
मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि उनी छुटेकाे कास्की प्रहरी प्रमुख एसपी माेहन थापाले जानकारी दिए ।
लामिछानेले पाेखरा अमरसिंह चाैरमा भाषण गरिरहँदा ७ मंसिरमा रानाभाटले मकैकाे खाेया प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।