शैलुङमा भीष्म भण्डारीको शव टुक्रा टुक्रा : वडाअध्यक्षले खुलाए यस्तो रहस्य !

  • मिसन संवाददाता
  • बुधबार, पुस १८, २०८० १0:१९
शैलुङमा भीष्म भण्डारीको शव टुक्रा टुक्रा : वडाअध्यक्षले खुलाए यस्तो रहस्य !

दोलखामा एक किशोर मृत फेला परेका छन् । दोलखाको शैलुङ गाउँपालिका, मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन् ।

भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए ।

शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए । घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

शैलुङ ५ का वडा अध्यक्ष दिलकुमार तामाङ्गले सामाजिक संजाल मार्फत केहि विवरण सार्वजनिक गरेका छन् । सामाजिक संजालमा लेखेका छन् :

अनुसन्धान गर्दै गर्दा

हत्याको प्रकृति हेर्दा धेरैको संलग्नता जस्तो देखिन्छ, लास धेरै दिनको औसाय किरा परेको भेटिनु तर लास घिसारेको ठाउमा गाडिको लिग जस्तो देखिने गरि झाडिमा करिब ३ फिट को छेउ छेउमा मान्छेको पाईला जस्तो गरि भुईमानै झार बिलिन हुनु अनि, बिचमा बनमारा झार हल्का लत्रीएको जस्तो ताजा देखिनुको मतलब दुई वा बढिले झ्यानाकुटु पारेजस्तो देखिनुले अन्तै मारेर फ्यालिएको प्रमाणित गर्छ, मृतकको शरीरमा जिवित भाईको कपडा जुत्ता हुनु जहाँ एक चिम्टी पनि रगतको कुनै धब्बा नहुनु कतै मृतक हुदा लगाएको लुगा र मृत्यु भएपछी देखिएको लुगा एउटै थिएनकी ! मागाखोला ट्रस्ट पुल देखि काटाकुटी तर्फ सडक मा ठाउँ ठाउँमा रगतको थोपा देखिनु, मृतकका भाउजू तथा नजिक का ब्यक्ती त्यति खुलेर बोल्न नचाहनु यी सबै बलिया प्रमाण हुन । मेरो अनुसन्धान जारी छ …!
हामी नजिक नजिक पुग्दै छौ ….!

  • मिसन संवाददाता
  • -