राष्ट्रिय सभा सिट बाँडफाँट: दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने

  • मिसन संवाददाता
  • बिहिबार, पुस १९, २०८० ११:४७
राष्ट्रिय सभा सिट बाँडफाँट: दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने

काठमाडौं, १९ पुस । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो।राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति सिट लिने भन्ने सहमति जुटाउन दिनदिनै छलफल गरेका छन्।

दलहरूले आन्तरिक रूपमा छलफल गर्ने र बिहीबार साँझ पुनस् गठबन्धन बैठक बस्ने समझदारी बनेको छ।‘सरकारमा सहभागी चार राजनीतिक दलबीच छलफल भएको हो,’ बैठकपछि कांग्रेस नेता रमेश लेखकले भने, ‘मुलतस् राष्ट्रिय सभा निर्वाचन विषयलाई नै लिएर छलफल भएको हो। छलफल निरन्तर चल्छ, आज साँझ–भोलि बिहान।’ उनले दलले आन्तरिक रूपमा पनि छलफल गर्ने बताए।

‘सबै पार्टीले आन्तरिक रूपले पनि छलफल गर्नु परेको छ। पार्टी-पार्टीका बीचमा पनि छलफल भइरहेका छन्, यसलाई निरन्तरता दिने,’ उनले भने, ‘एमालेसँग छलफल समसामयिक राजनीतिक विषयमा भएको हो भने गठबन्धनसँग राष्ट्रिय सभा चुनावबारे छलफल भएको हो।’

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यसअघि नै कुन दलले कति सिट लिने भन्ने विषयमा दलहरू सहमतिमा पुग्न छलफल गरिरहेका छन्।प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० लाई पनि राष्ट्रिय सभामा समेटेर लैजाने प्रयास कांग्रेस र माओवादीले गरिरहेका छन्। यसैबीच बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पनि छलफल भएको थियो।

  • मिसन संवाददाता
  • -