पशुपति गङ्गा आरतीको भिडिओ कपिराइट एक लाख ६० हजारमा खरिद

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १0:४६
पशुपति गङ्गा आरतीको भिडिओ कपिराइट एक लाख ६० हजारमा खरिद

पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको छ । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट लिएको पाइएको हो ।

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओको प्रतिलिपि अधिकार बुढासुब्बालाई बिक्री गरिएको बताए । याेसँगै अन्य सर्वसाधारणलाई व्यावसायिक प्रयाेजनका लागि आरती तथा दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही गरिएको छ ।

बाेलकबाेल प्रक्रियाबाट बुढासुब्बा डिजिटल छनोट भएको हो । अब कसैले व्यावसायिक प्रयोजनका लागि सो क्षेत्रको भिडिओ खिचेर युट्युबसहितका सामाजिक सञ्जालमा राखे कपिराइट लाग्नेछ।

  • मिसन संवाददाता
  • -