धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो : अब प्रतिष्पर्धाबाट नयाँ अध्यक्ष आउने

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० ११:४३
धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो : अब प्रतिष्पर्धाबाट नयाँ अध्यक्ष आउने

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आजदेखि सकिएको छ। यसअघिका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले विवादमा परेर राजीनामा दिएपछि सरकारले हमाललाई नियुक्त गरेको थियो।

हमालले २१ महिना धितोपत्र बोर्डमा बिताए। आजदेखि उनको कार्यकाल पूर्ण रुपले समाप्त भएको हो। अब बोर्डको अध्यक्ष सरकारले प्रतिस्पर्धाबाट छनोट गर्ने छ।

यदि सरकारले चाहेको भए हामलको कार्यकाल ६ महिना लम्ब्याउन सक्ने प्रावधान थियो। तर अब सरकारले प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष छान्ने भएको छ।

  • मिसन संवाददाता
  • -