गोल्डस्टारकी सीईओ राणा आइसल्यान्डका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० ११:५0
गोल्डस्टारकी सीईओ राणा आइसल्यान्डका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

रिपब्लिक अफ आइसल्यान्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ।

उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

दुई देशबीचको कूटनीतिक सम्बन्ध सुमधुर बनाउन रिपब्लिक अफ आइसल्यान्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो।

अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्यान्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्नछिन्।

विदुषी राणा किरण सुज (गोल्डस्टार सुज) का कार्यकारी निर्देशक हुन्। उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्यान्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

  • मिसन संवाददाता
  • -